Sunday, January 24, 2016

जाडोको कारण दुईको मृत्यु

धनुषा, १० माघ । शीतलहरसँगै बढेको जाडोका कारण दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार शनिबार जाडोको कारण एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–४ का अन्दाजी ५५ वर्षीय नाम नखुलेका एक पुरुषको जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको छ भने दुवरकोट–७ मङ्ग्रामटोलस्थित चोराकोयलपुर गाविस चिरैया मतौना बस्ने वर्ष ५० वर्षीय जीवछीदेवी यादवको मत्यु भएको छ ।

मृतकहरुको शव हाल जनकपुर अञ्चल अस्पतालमा शव परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts