काठमाडौँ, २६ माघ । नेपाल पत्रकार महासङ्घले पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको निधन भएको खबरले स्तब्ध भएको जनाएको छ ।
महासङ्घले स्व कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आज एक शोक वक्तव्य जारी गरी तत्कालीन प्रधानमन्त्रीको हैसियतमा संविधानसभाबाट नयाँ संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा रहेको उल्लेख गर्नुभएको छ ।
साथै महासङ्घले शोकको यस घडीमा आफ्ना शाखामा जारी साधारणसभालगायत केन्द्र र स्थानीय तहका सबै औपचारिक कार्यक्रम भोलिसम्म स्थगन गरिएको जनाएको छ । रासस
No comments:
Post a Comment