काठमाडौँ, २६ माघ । नेकपा ९एमाले०का महासचिव ईश्वर पोखरेलले राष्ट्रिय स्वाभिमानलाई टिकाउने आधार नै आत्मनिर्भरता भएको बताउनुभएको छ ।
नेकपा ९एमाले० बागमती अञ्चल सम्पर्क कमिटीद्धाद्वरा आज यहाँ आयोजित ‘संविधान कार्यान्वयन र राष्ट्रिय एकता सुढृकीकरण अभियान’ तथा कार्यकर्ता भेला कार्यक्रममा उहाँले देशलाई आत्मनिर्भर नबनाएका कारण अहिले विभिन्न खालको सङ्कटको सामाना गर्नुपरेको भन्दै आत्मनिर्भरताको अभियान नै रुपमा सञ्चालन गनुपर्ने बताउनुभयो ।
“राष्ट्रिय स्वाभिमानलाई टिकाउने आधार आत्मनिर्भता हो, देश आत्मनिर्भर नभएसम्म स्वाभिमान टिकाई राख्न सकिंदैन”–महासचिव पोखरेलले भन्नुभयो । उहाँले पार्टीले नीतिगत रुपमा योजना बनाएर आत्मनिर्भरताको अभियान सञ्चालन गर्ने जानकारी दिँदै आगामी नीति तथा कार्यक्रममा सो कुरा आउने विश्वास दिलाउनुभयो ।
महासचिव पोखरेलले छिमेकी भारत र चीनसँगको सम्बन्ध सन्तुलित बनाएर अघि बढ्नका लागि नै प्रधानमन्त्री केपी ओलीले भारत र चीनको भ्रमण गर्नुहुने बताउनुभयो ।
पार्टीका प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईले शान्तिपूर्ण र लोकतान्त्रिक बाटोमा जनताको बहुदलीय जनवाद ९जबज० को सिद्धान्तलाई अगाडि बढाउने बताउनुभयो ।
उहाँले पार्टीका निर्णय र नीतिहरु सिङ्गो सङ्गठनलाई एकताबद्ध बनाउने आधार भएको भन्दै व्यक्तिगत स्वेच्छाले नभई सामूहिक र संस्थागत निर्णयले पार्टीलाई अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो । रासस
No comments:
Post a Comment