Monday, February 22, 2016

ढिस्काले पुरिएर मृत्यु

जुम्ला, १० फागुन । चन्दननाथ नगरपालिका वडा नं १२ बयालकाटिया गाउँका २८ वर्षीय लाली गिरीको माटाको ढिस्कामा पुरिएर मृत्यु भएको छ ।

गाउँभन्दा २०० मिटर टाढा रहेको ढुङ्गा खानीमा ढुङ्गा निकाल्दै गर्दा अपराह्न ५ः४७ मा उनी ढिस्काले पुरिएका थिए । आफ्नो पाँच वर्षीय छोरा अनिललाई ढिस्को भत्कन सक्छ तिमी हेरेर जानकारी गराउनू भन्दा भन्दै उनी ढिस्कोमा पुरिएपछि छोराले गुहार मागेपछि गाउँले सबै उनको उद्धारका लागि घटनास्थल पुगेको पत्रकार भीमबहादुर नेपालीको भनाइ छ ।

ढिस्को खन्दै जाँदा स्थानीयवासीले दुई घन्टापछि उनलाई मृतावस्थामा भेटाएका थिए । अहिले हाँकुबाट प्रहरी घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । रासस
––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts