नयाँ दिल्ली, १० फागुन । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भारतको विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका उपाध्यक्ष राहुल गान्धीले राष्ट्रपति भवना भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार उहाँहरुबीच दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको थियो । यस्तै सो पार्टीका नेता दिग्विजय सिंहले पनि प्रधानमन्त्री ओलीसँग भेटघाट गर्नुभयो ।
योचुरीसँग भेट
प्रधानमन्त्री ओलीसँग आजै भारतीय कम्युनिस्ट पार्टी(माक्र्सवादी)का नेता सीताराम योचुरी, जनता दल युनाइटेडका नेता शरद यादव, नागरिक समाजका अगुवा विजय प्रताप लगायतसँग पनि भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओली म¬ङ्गलबार बिहान गुजरातको भुजस्थित भूकम्पपछिको पुनःनिर्माण कार्यको अवलोकनका लागि त्यसतर्फ जानुहुनेछ । रासस
Monday, February 22, 2016
प्रमसँग गान्धीको भेटवार्ता
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment