रौतहट, ११ फागुन । यात्रुवाहक बसका एक चालकले आज बेवारिसे अवस्थामा रहेको पाँच किलोग्राम चरेस प्रहरी कार्यालयमा बुझाएका छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार हेटौँडाबाट लालबन्दीतर्फ आइरहेको बा३ख २०३३ नंको यात्रुवाहक बसमा रहेको उक्त परिमाणको चरेस बसका चालक राजु बुढाथोकीले प्रहरीलाई बुझाएका थिए ।
उक्त बसको सिटमा रहेको झोलाभित्र प्यान्टसले बेरेर राखेको अवस्थामा चरेस फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक मनोजकुमार यादवले बताउनुभयो । रासस
––––––
No comments:
Post a Comment