महोत्तरी, २३ माघ । एकीकृत नेकपा (माओवादी)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल)ले भूकम्पपछिको पुनःनिर्माण आफूहरुको पहिलो प्राथमिकता रहेको जनाएको छ ।
प्रस्तावित २ नं प्रदेशका वाइसिएलको भेलामा सहभागी हुन बर्दिवास आउनुभएका वाइसिएलका अध्यक्ष आरसी शर्माले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाको पुनःनिर्माणमा १४ हजार युवा परिचालन गरिने बताउनुभयो ।
पुनःनिर्माणका लागि दातृ निकायले गरेको सहयोग पारदर्शी तरिकाबाट खर्च गरिनुपर्ने उहाँको भनाइ थियो । सरकारलाई ढाल बनाएर सरकारी निकायबाटै कालोबजारी हुने गरेको आरोप लगाउँदै उहाँले भन्नुभयो, “सरकारलाई जनता र हामीले सूचना दिन्छौँ, यदि दोषीमाथि कारबाही नभए कडा प्रतिकारमा उत्रिने छौँ ।” रासस
No comments:
Post a Comment