Saturday, February 6, 2016

महापरित्राण पाठ सम्पन्न

मध्यपुरथिमि, २३ माघ । विश्व शान्तिको कामना गर्दै मध्यपुरथिमि पाटी विहारमा सञ्चालित साप्ताहिक महापरित्राण पाठ र धर्मदेशना कार्यक्रम आज सम्पन्न भएको छ ।

अरुबाट आउने भयबाट रक्षा गर्न वा बिघ्नबाधाबाट बच्न महापरित्राण पाठ गरिने परम्परा छ । पाटी विहार सहयोग समितिद्वारा आयोजित महापरित्राणका क्रममा अखिल नेपाल भिक्षु महासङ्घलाई अष्टपरिकार (सियो, धागो, तीन प्रकारको चिवर, कायबन्धन, पिण्डपात्र, पानी छान्ने कपडा, कपाल काट्ने औजार) दान गरिएको थियो ।

यही माघ १७ गतेदेखि सुरु भएको उक्त कार्यक्रममा महासङ्घका भिक्षुले महापरित्राण पाठ तथा बौद्ध धर्म र दर्शनसम्बन्धी प्रवचन दिनाका साथै विभिन्न स्थानका ज्ञानमाला भजन खलःद्वारा भजनकीर्तन समेत गरिएको थियो । यसअघि विसं २०४६ मा सो स्थानमा महापरित्राण पाठ र धर्मदेशना कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा विशेष गरेर स्थानीय महिलाको बढी सहभागिता थियो जसले पहिलो दिन सयभन्दा बढी बुद्धको प्रतिमा बोकेर सहर परिक्रमा गरेका थिए । मध्यपुर थिमिमा भएका नौ विहारमध्ये पाटी विहारको धम्म कक्षमा १३ फिट अग्लो करिब तीन हजार किलो तामाको बुद्धको प्रतिमा पनि छ । सो प्रतिमामा सुनको जल लगाउने कार्यक्रम समेत रहेको समितिका अध्यक्ष श्यामकृष्ण मानन्धरले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts