जाजरकोट, १५ फागुन । अध्यापन अनुमतिपत्रका लागि आज हुने निमावि तहको परीक्षामा जाजरकोटको एक परीक्षा केन्द्र महिलाले मात्र सञ्चालन गर्ने भएका छन् ।
भेरीमालिका नगरपालिकाको बोहरामा रहेको बुद्धि निम्न माध्यमिक विद्यालयमा सञ्चालन हुने अध्यापन अनुमतिपत्रको निमावि तहको परीक्षामा यस्तो व्यवस्था गरिएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिनुभयो । यो परीक्षा केन्द्रमा केन्द्राध्यक्षदेखि परीक्षा नियन्त्रक र सुरक्षाकर्मीसमेत महिला नै रहने छ ।
यहाँ १५० जना विद्यार्थी परीक्षामा सहभागी हुने छन् । जिल्लाको नमुनाका रुपमा यो परीक्षण गर्न लागिएको शाखा अधिकृत यज्ञश्वार खत्रीले बताउनुभयो । रासस
No comments:
Post a Comment