Saturday, February 27, 2016

नदीमा डुबेर चालक बेपत्ता

रामपुर ९पाल्पा०, १५ फागुन । कालीगण्डकी नदीमा ढुङ्गा लिन गएको ट्र्याक्टर नदीमा धसिएपछि चालक बेपत्ता भएका छन् ।

शुक्रबार बेलुका रामपुर नगरपालिका–६ मा ग१त ३८२२ नम्बरको ट्र्याक्टर नदीमा ढुङ्गा लादेर फर्किने क्रममा अगाडिको भाग धसिएपछि चालक सिन्धुपाल्चोक फुल्पिन–६ का २९ वर्षीय साङ्ले शेर्पा बेपत्ता भएका हुन् । उनी नदीमा डुबेको अनुमान गरिएको छ ।

धसिएको ट्र्याक्टरलाई इलाका प्रहरी कार्यालय रामपुर र स्थानीयवासीले निकालेका थिए । बेपत्ता चालकको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय रामपुरका सहायक प्रहरी निरीक्षक भरतबाबु ढकालले जानकारी दिनुभयो । ट्र्याक्टरमा रहेका अन्य तीन जना भने सकुशल रहेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts