Monday, February 8, 2016

भारतका प्रधानमन्त्री मोदीको समवेदना

काठमाडौँ, २६ माघ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनबाट भारतले एक असल मित्र गुमाएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा समवेदना सन्देश दिँदै प्रधानमन्त्री मोदीले कोइरालाको निधनप्रति दुःख व्यक्त गर्दै यस समयमा कोइराला परिवार र नेपाली जनतालाई हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

नेपालको राजनीतिमा लामो समय सेवा गर्नुभएका कोइरालाको निधनबाट नेपाली काँग्रेसले शीर्ष नेता र भारतले असल मित्र गुमाएको जनाउँदै उहाँले कोइरालाको सरलताले सबैलाई पाठ सिकाएको पनि उल्लेख गर्नुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts