बेनी (म्याग्दी), ८ फागुन । म्याग्दी जिल्लामा विगतमा भएको द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट गरी ३७४ जना बालबालिका प्रभावित भएका छन् ।
प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला बालकल्याण समिति संयोजक टेकबहादुर केसीको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकमा ३७४ जना द्वन्द्वप्रभावित बालबालिकाको तथ्याङ्क सङ्कलन गरिएको जानकारी गराइएको हो ।
जिल्ला बालकल्याण समितिमार्फत गाविस र सामाजिक परिचालकबाट तथ्याङ्क सङ्कलन गरिएको थियो ।
विसं २०५२ देखि २०६३ साल मङ्सिर ५ गतेसम्म १८ वर्षमुनिका बालबालिकाको तथ्याङ्क सङ्कलन गर्दा उक्त आँकडा आएको जिल्ला बालकल्याण समिति म्याग्दीले जनाएको छ ।
समितिका अनुसार जिल्लाको गुर्जा, लुलाङ, मुदी, मराङ, शिख, घार, हिस्तान गाविसमा द्वन्द्वप्रभावित बालबालिका नभेटिएको पाइएको छ । त्यसैगरी बढी द्वन्द्वप्रभावित बालबालिका साविकको अथङ्गे र त्यसपछि ज्यामरुककोट गाविसमा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । रासस
No comments:
Post a Comment