Saturday, February 20, 2016

आगलागीमा सात लाखको क्षति

इनरुवा, ८ फागुन । सुनसरी सदरमुकाम इनरुवा– ७ स्थित पान पसलमा शनिबार बिहान ५ बजे आगलगी भएको छ ।
इनरुवा– ७ रामजी भवनको अगाडि राजनारायण साहको पान पसलमा आगलगी भएको हो । सो आगलागीमा पसलमा चाउचाउ, बिस्कुट, फ्रिजलगायतका सम्पूर्ण सामान पूर्णरुपमा जलेर नष्ट भएको छ ।
उक्त आगलगीमा रु सात लाख बराबरको क्षति भएको सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

विद्युतीय तार सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । सो आगलागी इनरुवा नगरपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानीबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts