Tuesday, February 23, 2016

वैज्ञानिक वन व्यवस्थापन सुरु

पथरी (मोरङ), १२ फागुन । मोरङको जाँतेको वशन्त हरियाली सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन सुरु भएको छ ।

वशन्त हरियाली सामुदायिक वनका अध्यक्ष कृष्ण लुइँटेलले सो वनको ३ दशमलव ७६ प्रतिशत क्षेत्रफलमा पुराना रुख काटेर सरसफाइ थालिएको बताउनुभयो । अध्यक्ष लुइँटेलले भन्नुभयो – “थोत्रा, धोद्रा, सुकेका र काम नलाग्ने रुख ढालेर नयाँ रुख रोप्छौँ ।”

सो वन क्षेत्रलाई आठवटा एकाइमा वर्गीकरण गरेर १० वटा खण्डमा विभाजन गरी ८० वटा खण्ड बनाइएको छ । एक वर्ष एउटा खण्डमा पर्ने पुराना रुख काटी मातृवृक्ष राखिने छ । यो वनको पहिलो खण्डको वैज्ञानिक वन व्यवस्थापनमा २३५ वटा रुख काँटिने छन् । त्यस्तै ५४ रुखलाई मातृवृक्षका रुपमा राखिने अध्यक्ष लुइँटेलको भनाइ छ । सो वनमा साल, बोट धगेरो, जामुन, सिमल, हरो, बर्राे, मैनालगायतका रुख बिरुवा रहेका छन् ।

वैज्ञानिक वन व्यवस्थापनले वनको हैसियतमा सुधार आउने, वातावरणीय लाभ प्राप्त हुने, स्थानीय रोजगारी सिर्जना हुने, वन पैदावारको निरन्तर आपूर्ति हुने, धेरै राजस्व प्राप्त हुने र वन सङ्गठनको छवि सुध्रने र आपसी खिचातानी घट्नेजस्ता प्रत्यक्ष र अप्रत्यक्ष फाइदा स्थानीयवासीको भनाइ छ ।

केही महत्वपूर्ण प्रजातिको वन जस्तै तराईको वनमा रहेका खोटे सल्लाको वन, उत्तिस, कटुस चिलाउनेको वनमात्र व्यवस्थापन गर्न सके मोरङमा वार्षिक छदेखि १२ करोड घन फिट काठ दिगो रुपमा उत्पादन हुने, करिब १३ लाख मानिसले वर्षैभरि रोजगारी पाउने र सरकारलाई रु २० देखि रु ४० अर्ब प्रतिवर्ष राजस्व प्राप्त हुने जिल्ला वन कार्यालय, मोरङको दाबी छ ।

वैज्ञानिक वन व्यवस्थापन विज्ञका अनुसार यस प्रणालीमा ३० सेमीसम्म व्यास भएका रुखलाई एड्भान्स ग्रोथ अर्थात् बालीका रुपमा कायम गरिन्छ र पुनरुत्पादन सुनिश्चित हुने गरी उमेर पुगेका बूढा रुखलाई क्रमशः हटाउँदै लगिन्छ । यसका लागि छनोट भएको वनलाई विभिन्न फेलिङ सिरिज (कम्पार्टमेन्ट) र आवधिक खण्ड (सवकम्पार्टमेन्ट)मा विभाजन गरिन्छ । यसमा भएका रुख कस्ता र कति हुन्छन् भन्ने बारेमा सबैले थाहा पाउने गरी रुखको कटान हुने मोरङका सहायक वन अधिकृत जनक पाध्य बताउनुहुन्छ ।

यसैका माध्यमबाट वनको दिगोपना र वार्षिक रुपमा उत्पादन हुने काठ दाउराको परिमाण निर्धारण हुन्छ । वैज्ञानिक वन व्यवस्थापनमा वन क्षेत्रलाई विभिन्न खण्डमा विभाजन गरी पुराना रुख काट्ने र नयाँ बिरुवा उत्पादन गर्ने गरिन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts