इलाम, १२ फागुन । इलामका पाँच गाविसमा सीमान्तकृत समुदायका महिलाका लागि स्थानीय सुशासन, निर्वाचन, निर्णायक तह र राजनीतिमा सहभागिता सवलीकरण कार्यक्रम सुरु गरिएको छ ।
जागरण नेपालको सहयोगमा मानवअधिकार मञ्च नेपाल इलामले यहाँका चुलाचुली, चिसापानी, दानाबारी, शान्तिपुर र महमाई गाविसमा यो कार्यक्रम सुरु गरेको हो ।
तीन वर्षसम्म सञ्चालन हुने लक्ष्यका साथ सुरु गरिएको कार्यक्रमले ३०० महिलाले जिविस तथा गाविसमा निर्णायक तहमा सहभागिता दाबी गर्ने, ४५० महिलाले राजनीतिक दलमा निर्वाचनका लागि टिकट पाउनका लागि दाबी गर्ने कार्यक्रम संयोजक शिखरनाथ सापकोटाले बताउनुभयो ।
सीमान्तकृत तथा वञ्चितीकरणमा परेका राई, लिम्बू, गुरुङ, तामाङ, भोटे, लेप्चा, कुमाल, दमार्इं, सार्की, कामी, राजवंशी, यादव, ताजपुरिया, सतार, कुमाल, माझीलगायत समुदायका महिलालाई राज्यको मूल प्रवाहीकरणमा ल्याउने लक्ष्य लिइएको उहाँले बताउनुभयो ।
परियोजनासम्बन्धी जानकारी दिन मङ्गलबार इलाममा आयोजना गरिएको परियोजना परिचयात्मक कार्यक्रममा जागरण नेपालका प्रमुख तथा परियोजनाका प्रमुख कार्यक्रम संयोजक दीपक बस्यालले इलामका साथै मोरङका छवटा, पाँचथर, ताप्लेजुङ, झापा र काभ्रेका पाँच÷पाँचवटा गाविसमा यो कार्यक्रम सञ्चालन भएको जानकारी दिनुभयो ।
बहुविवाह गर्नेलाई एकवर्ष कैद र पाँच हजार जरिवाना
No comments:
Post a Comment