Wednesday, February 3, 2016

समलिङ्गी विवाहलाई कानुनी मान्यता दिनुपर्ने माग

काठमाडौँ, २० माघ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिनुपर्ने माग गरेको छ ।

नीलहीरा समाजले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा उनीहरुले समलिङ्गी विवाहलाई मान्यता नदिए समाजमा विकृति आउनसक्ने तर्क दिँदै यसलाई कानुनी मान्यता दिनुपर्ने माग गरेका हुन् ।

राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत वासुदेव बजगाईंले समलिङ्गी विवाहलाई मान्यता दिन कानुन निर्माण गरिनुपर्नेमा जोड दिँदै यो समुदायका व्यक्तिले आफूले नचाहेकोसँग बाध्यतावस विवाह गर्नुपर्दा उनीहरु विभेदमा परिरहेको बताउनुभयो ।

शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्सालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको विषय पाठ्यक्रम र शिक्षक तालिम सामग्रीमा राख्न थालिएको बताउनुभयो ।

राहदानी विभागका अधिकृत ज्ञानबहादुर मगरले विभागलाई नागरिकताका आधारमा राहदानी जारी गर्न कुनै समस्या नरहेको बताउनुभयो ।

समाजकी कार्यकारी निर्देशक मनिषा ढकाल, तेस्रो लिङ्गी आनिक राना, तेस्रो लिङ्गी अधिकारकर्मी भक्ति शाहलगायतले समाजले अझै समलिङ्गी÷तेस्रो लिङ्गी समुदायलाई स्वीकार्न नसकेको गुनासो गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts