Wednesday, February 3, 2016

सरकार बदल्नु हुदैन – अध्यक्ष बिजुक्छे

भक्तपुर, २० माघ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अहिलेको समयमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बदल्न नहुने बताउनुभएको छ ।

आज भक्तपुरको ख्वप उच्च माध्यामिक विद्यालयको १६ आँै, ख्वप कलेजको १४ औँ र शारदा क्याम्पसको २५ औँ वार्षिकोत्सव तथा शैक्षिक प्रर्दशनीको उद्घाटन कार्यक्रममा उहाँले अहिलेको अवस्थामा वर्तमान सरकारलाई बलियो बनाएर लैजानुपर्ने धारणा राख्नु भयो ।

बिजुक्छेले भन्नुभयो, “अहिलेको समयमा सरकार बदले देशमा अस्थिरता अझै बढ्छ, देश अझै बिग्रन्छ, अहिले सरकार बदल्ने कुरा गरेर सरकारलाई कमजोर पारेर विदेशीलाई सहयोग गर्नुहुदैन ।”

सरकारको कमिकमजोरी भए कोठाभित्र बसेर छलफल गर्दै सरकारलाई कसरी बलियो बनाएर लैजाने भन्नेमा केन्द्रित हुनुपर्ने औल्याउँदै बिजुक्छेले बाहिर खुलेर बोल्नु गलत भएको टिप्पणी गर्नुभयो ।

नेपाली काँग्रेसको महाधिवेशन लगत्तै वर्तमान सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार गठन गर्न वर्तमान सरकार मै रहेका ठूलादलका नेताहरू सक्रिय रहेको उहाँको आरोप छ ।

कलेजमा आजैदेखि विद्यार्थीले बनाएका विज्ञान, प्रविधि, भूकम्प प्रतिरोधी घर तथा विभिन्न सामग्रीको शैक्षिक प्रर्दशनी सुरु भएको छ । १५० वटा स्टल रहेको प्रर्दशनी तीन दिनसम्म चल्ने छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts