Saturday, February 13, 2016

कुकुरले आधा भाग खाइसकेको शिशुको शव भेटियो

भक्तपुर, १ फागुन । ट्राफिक प्रहरी प्रभाग कोटेश्वरको करिब १०० मिटर दूरीभित्र मूल सडक किनारमा आज अपराह्न करिब छ महिनाको शिशुको शव फेला परेको छ ।

सडकमा थुपारी राखेको रोडामाथि कुकुरले खाइरहेको अवस्थामा एक शिशुको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

कुकुरले शिशुको पेटभन्दा तलको भाग र दुवै खुट्टा खाइसकेको अवस्थामा फेला परेकाले शिशु छोरा हो या छोरी के हो छुट्याउन नसकिएको प्रहरीले बताएको छ ।

मसिनो कपाल उमे्रको टाउको, शरीरको माथिल्लो भाग र दुवै हात भने सग्लै भेटिएको शिशुको शवका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts