Saturday, February 13, 2016

एक भक्तालुको मृत्यु

रौतहट, १ फागुन । श्रीपञ्चमी पर्वको अवसर पारेर गरुडा नगरपालिकास्थित शिवनगरमा आयोजित मेलामा आज एक भक्तालुको मृत्यु भएको छ ।

श्रीपञ्चमीको अवसर पारेर बर्सेनि लाग्दै आएको उक्त मेलामा सहभागी हुन आएका स्थानीय पिप्रा रजवाडा गाविस–५ बस्ने २१ वर्षीय राजेश दासको मृत्यु भएको हो ।

मृत्यु हुनाका कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । श्रीपञ्चमीका अवसरमा बर्सेनि मेला लाग्दै आएको उक्त स्थानमा बिहानैदेखि सर्वसाधारणको भीड लागेको थियो ।

मेलामा रौतहट, बारा, पर्सा, सर्लाहीका साथै भारतको सीतामढी तथा पूर्वी चम्पारण क्षेत्रका भक्तजनसमेत सहभागी थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts