Thursday, February 11, 2016

ह्यान्डबलमा नेपालको विजयी सुरुवात

गुवाहटी (भारत), २८ माघ । जारी १२औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ह्यान्डबलमा नेपालले आज विजयी सुरुआत गरेको छ । पुरुष र महिला दुवै टिमले जितका साथ आफ्नो यात्रा सुरु गरेका छन् । पुरुषमा नेपालले अफगानिस्तानलाई २९–२६ ले पराजित गरेको छ ।

महिलामा नेपालले समूह ‘ए’ को लिग खेलमा श्रीलङ्कालाई ३६–२४ ले जितेको थियो । जितमा रन्जना राई र उमा राईले १०–१० गोल गरेका थिए । तीन राष्ट्र रहेको उक्त समूहमा भारत पनि सहभागी छ ।

समूह ‘बी’ मा पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स र अफगानिस्तान रहेका छन् । नेपालले भोलि भारतविरुद्ध खेल्ने छ ।

यसैबीच कबड्डीमा पाकिस्तानसँग नेपाल पराजित भएको छ । पाकिस्तानसँग ३४÷१३ को स्कोरमा नेपाल पराजित भएको हो ।
रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts