Thursday, February 11, 2016

सरकारी कार्यालयमा सेवाग्राहीको भीड

रौतहट, २८ माघ । मधेस आन्दोलनले गर्दा प्रत्यक्षरुपमा प्रभावित बन्न पुगेका सदरमुकाम गौरका सरकारी कार्यालय आजदेखि निर्वाधरुपमा सञ्चालनमा आएका छन् ।

विगत छ महिनादेखि बन्द रहेको सरकारी कार्यालयमा बिहानैदेखि सेवाग्राहीको भीड लागेको छ । कतिपय सरकारी कार्यालयमा कामका लागि सेवाग्राहीको लाइन लागेको छ भने कर्मचारी कार्यसम्पादनमा व्यस्त भएका छन् ।

नयाँ संविधानमा मधेसीको अधिकार नसमेटिएको भन्दै असन्तोष व्यक्त गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सुरु गरेको बन्द, हडतालका कारण असहज भई नियमितरुपमा कार्यालय सञ्चालन हुन सकेका थिएनन् ।

सरकारी कार्यालयले सेवाप्रवाह गर्न नसक्दा जिल्लाको गाउँगाउँबाट आउने सेवाग्राहीले कठिनाइ भोग्नुपर्ने अवस्था अब विस्तारै हट्दै जाने बताइएको छ ।
मधेसी मोर्चाले आन्दोलनको सबै कार्यक्रम स्थगित गर्दै सरकारी कार्यालय बुधबारबाट खोल्ने निर्णय गरेको थियो तर नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन पछि सार्वजनिक बिदा भएका कारण सरकारी कार्यालय आजैबाट निर्वाधरुपमा सञ्चालनमा आएका हुन । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts