स्याङ्जा, १२ फागुन । शान्ति तथा पुनःनिर्माणमन्त्री एकनाथ ढकालले नेपालको संविधानले विभेदरहित समतामूलक नागरिकको कल्पना गरेको बताउनुभएको छ ।
स्थानीय शान्ति समितिको आयोजनामा आज भएको पुनःमिलन तथा सम्मान कार्यक्रममा मन्त्री ढकालले मुलुकले खोजेको शान्ति भाषणले मात्र आउँदैन भन्नुभयो ।
कार्यक्रममा सांसदद्वय मुक्ति पाठक र टेकु नेपाली लगायतले बेपत्तासहित र मृतक परिवारलाई राज्यले उदार भई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहिद, बेपत्ता र मृतक परिवारका ५० जनालाई सम्मान गरिएको थियो । रासस
No comments:
Post a Comment