इटहरी, १२ फागुन । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले आफ्नो पितापुर्खाले छोडेर गएका संस्कार, संस्कृति र धर्मप्रति निष्ठापूर्वक लाग्नु नै उनीहरुप्रतिको श्रद्धा ठहर्ने बताउनुभएको छ ।
उपप्रधानमन्त्री गच्छदार आज सुनसरी जिल्लाको दुहवीभलुवा नगरपालिका– १० पचिरामा रहेको सद्गुरु नादानुसन्धान प्रकाश केन्द्र परिसरमा निर्माण हुने सत्सङ्ग भवन तथा सप्ताहव्यापी श्रीमद् भागवत तथा धनधान्याञ्चल ज्ञान महायज्ञको उद्घाटन गर्दै हुनुहुन्थ्यो ।
उहाँले समाजको उन्नतिका लागि सबै आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि आह्वान गर्नुभयो ।
सद्गुरु कवीर नादानुसन्धान केन्द्रका सल्लाहकार मुरलीधरानन्दजी महाराजले कवीर मन्दिर परिसरमा रु दुई करोड ८२ लाख ५० हजारभन्दा बढीको लगानीमा सत्सङ्ग धार्मिक भवनलगायतका भौतिक पूर्वाधार निर्माण गर्न महायज्ञको आयोजना गरिएको जानकारी दिनुभयो ।
त्यसअघि हजारौँ मानिसको सहभागितामा दुहवीभलुवा नगरपालिकाको दुहवी बजारदेखि भलुवा पचिरा–१० मा रहेको कवीर मन्दिरसम्म विश्व शान्तिको कामनासहित कलश यात्रा निकालिएको थियो ।
महायज्ञमा दीनबन्धु पोख्रेल कथा वाचन गर्नुहुनेछ । रासस
No comments:
Post a Comment