कालीकोट, ३ फागुन । नेपाली काँग्रेस कालीकोटको छैटौँ अधिवेशनबाट स हर्षबहादुर बम निर्वाचित हुनुभएको छ ।
काँग्रेस कालीकोटको छैटौँ अधिवेशनका लागि निर्वाचन अधिकृत देवेन्द्र शर्माका अनुसार कुल मत २७२ मध्ये विजयी बमले १४४ र प्रतिद्वन्द्वी कालीबहादुर सहकारीले १२८ मत ल्याउनुभएको थियो ।
त्यसैगरी महासमितिमा ११ जना निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा नन्दबहादुर सिंह र कोषाध्यक्षमा मनराज शाही निर्वाचित भएको अम्मलराज शाहीले बताउनुभयो । उहाँका अनुसार खुलातर्फको जिल्ला सदस्यको मतगणना जारी रहेको बताइएको छ । रासस
No comments:
Post a Comment