Monday, February 15, 2016

मजदुरको ज्यालामा रु सत्ताइस वृद्धि

काँकडभिट्टा (झापा), ३ फागुन । चिया बगान तथा प्रशोधन कारखानामा काम गर्ने मजदुरको ज्याला दैनिक रु २७ ले वृद्धि भएको छ ।

नयाँ निर्धारित ज्यालानुसार चिया बगानमा काम गर्ने मजदुरले गत माघदेखि दैनिक रु २२८ पाउन थालेका छन् । यसअघि उनीहरूले दैनिक रु २०१ मात्रै पाउँदै आएका थिए ।

अहिले वृद्धि भएको ज्याला असार मसान्तसम्मका लागि मात्रै भएको नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) मेचीका अध्यक्ष सन्तकुमार राईले बताउनुभयो राईले आगामी साउनदेखि पुनः रु २५ थप गरिने बताउनुभयो । उहाँका अनुसार मजदुर सङ्गठन र उद्योगीसँगको वार्तापछि मजदुरको ज्याला वृद्धि गरिएको हो । नियमानुसार तीन वर्षका लागि हुने गरी चरण चरणमा ज्याला वृद्धिको प्रस्तावमा उद्योगीले सहमति जनाएपछि सरकारले नयाँ ज्यालादर निर्धारण गरी कार्यान्वयनका लागि निर्देशन दिएको अध्यक्ष राईले बताउनुभयो ।

सरकारका तर्फबाट श्रम तथा रोजगार मन्त्रालयले चिया बगानमा काम गर्ने मजदुर तथा कर्मचारीको न्यूनतम ज्याला तय गरेको हो । हरेक दुई वर्षमा ज्याला पुनरवलोकन हुनुपर्ने भए पनि यस पटक चरण चरणमा वृद्धि हुने गरी ज्यालादर निर्धारण भएको राईले बताउनुभयो ।

यसबाहेक चिया बगान तथा प्रशोधन कारखानामा काम गर्ने मजदुरलाई दैनिक रु ३० भत्ताको व्यवस्था गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts