Saturday, February 6, 2016

“आत्मनिर्भर हुनाको विकल्प छैन”

चितवन, २३ माघ । उपप्रधानमन्त्री चित्रबहादुर केसीले छिमेकीको माग पूरा भएपछि नाका खुलेको बताउनुभएको छ ।

भरतपुरमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले संविधान जारी हुँदा स्वागत नगरेको भारतले संविधान संशोधनपछि स्वागत गरेको बताउनुभयो ।
सहरी तथा गरिबी निवारणमन्त्री केसीले नाकाबन्दीका कारण मुलुकले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको बताउँदै अब आत्मनिर्भर हुनाको विकल्प छैन भन्नुभयो ।

जनताको जीवनस्तर उकास्नका लागि सरकारसँगै निजी क्षेत्र सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै उहाँले युवा जनशक्ति पलायन नभएर स्वदेशमै स्वरोजगार बन्नुपर्ने सुझाव दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts