काँकडभिट्टा (झापा), १२ फागुन । पत्रकारको क्षमता अभिवद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासङ्घ झापा शाखाले तीनदिने खोज पत्रकारिता प्रशिक्षण आजदेखि सुरु गरेको छ ।
विभिन्न सञ्चार माध्यममा आवद्ध झापामा क्रियाशील ४० जना पत्रकारको सहभागिता रहेको प्रशिक्षणको सहजीकरण वरिष्ठ खोज पत्रकार हस्त गुरुङले गर्नुभएको महासङ्घका अध्यक्ष भीम नेम्वाङले बताउनुभयो ।
विर्तामोडमा सञ्चालित तालिममा विर्तामोड नगरपालिकाको आर्थिक सहयोग रहेको छ । रासस
No comments:
Post a Comment