बागलुङ, ३ फागुन । राष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्षतमा पुनः अमर थापा चयन हुनुभएको छ ।
जिल्लाको बुर्तिवाङमा आइतबार सम्पन्न पाँचाँै जिल्ला सम्मेलनले थापाको नेतृत्वमा जिल्ला कमिटी निर्वाचित गरेको हो । सम्मेलनबाट २९ सदस्यीय पूर्ण कमिटी र छ सदस्यीय वैकल्पिक कमिटी चयन भएको छ ।
कमिटीको उपाध्यक्षमा वेदीलाल सापकोटा, सचिवमा धर्म कँुवर, कोषाध्यक्षमा लक्ष्मी बास्कोटा र सहसचिवमा डिलबहादुर दर्जी रहनुभएको छ । पूर्ण सदस्यमा थानेश्वर सुवेदी, अर्जुन खत्री, नेत्र बुढाथोकी, दुर्गादेवी घर्ती, हीराबहादुर थापा, खगेन्द्र श्रीस, धनबहादुर श्रीस, पानबहादुर विक, ठाकुरप्रसाद शर्मा, रामप्रसाद भट्टराई, कृष्ण पौडेल, गौरीश्वर पाण्डे, टेकबहादुर घर्तीमगर, खिम विक्रम शाही, तीर्थसिंह थापा, डिलबहादुर श्रीस र अनिल खत्री रहनुभएको छ ।
छजना वैकल्पिक सदस्यमा थम्मन घर्तीमगर, प्रेमबहादुर रोका, डिलमाया पुन, पदम श्रेष्ठ, योगेन्द्रनाथ शर्मा र कृष्ण पुन रहनुभएको निर्वाचन समितिले जनाएको छ । रासस
No comments:
Post a Comment