सुरुङ्गा (झापा), २५ माघ । नेपाली काँग्रेस झापाका सभापतिमा उद्धव थापा पुनः दोस्रो कार्यकालका लागि निर्विरोध चयन हुनुभएको छ ।
सभापतिका प्रत्यासी मानिनुभएका पार्टीका उपसभापति देउमान थेबेले पार्टीभित्र भएको छलफलपछि उम्मेदवारी दर्ता नगराएपछि थापा निर्विरोध चयन हुनुभएको हो । युवा नेता विश्वप्रकाश शर्माको पहलमा मुलुकभर काँग्रेसभित्र एकताको सन्देश दिन सहमतिबाट नेतृत्व चयन गरिएको बताइएको छ ।
त्यस्तै सचिवमा प्रेम सम्बाहाम्फे र कोषाध्यक्षमा केशवराज पाण्डे निर्विरोध निर्वाचित हुनुभएको छ । रासस
No comments:
Post a Comment