Monday, February 8, 2016

रक्सौल डिपोबाट इन्धन भर्न सुरु

वीरगन्ज, २५ माघ । भारतीय आयल निगम(आइओसी) रक्सौल डिपोले नेपाल आयल निगमले पठाएको ट्यांकरमा आजदेखि इन्धन भर्न सुरु गरेको छ ।

सीमावर्ती रक्सौलस्थित भारतीय भन्सार र आइओसी रक्सौल डिपोका अधिकारीले इन्धन भर्न ट्यांकर पठाइदिन आग्रह गरेपछि निगमले शनिबार रक्सौलतर्फ ट्यांकर पठाएको भए पनि आइतबार सार्वजनिक बिदा परेकाले आजदेखि इन्धन भर्न सुरु गरेको पर्साका प्रजिअ केशवराज घिमिरेले बताउनुभयो ।

“अहिले ३५ वटा ट्यांकरमा तेल लोड भइरहेको छ”, प्रजिअ घिमिरेले भन्नुभयो – सबै प्रक्रिया पूरा गरेर सम्भवतः आजै राति इन्धन लोड भएका सबै ट्यांकर नेपाल भित्रिनेछन् ।”

लामो समयदेखि अवरुद्ध वीरगन्ज–रक्सौल भन्सार नाकाबाट गत असोज ७ गतेयता कुनै पनि ट्यांकर रक्सौल डिपोमा इन्धन भर्न गएका थिएनन् । मुलुकमा खपत हुने कुल इन्धनको ७० प्रतिशत पेट्रोल र डिजेल तथा खाना पकाउन प्रयोग हुने एलपी ग्यासको ८० प्रतिशत र हवाई इन्धनको ९० प्रतिशत यही नाकाबाट भित्रिने गरेको निगमको अमलेखगन्ज डिपोले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts