Tuesday, February 9, 2016

पूर्वमन्त्री गौतमद्वारा दुःख व्यक्त

कलैया, २७ माघ । नेपाली कांग्रेस केन्द्रीय सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधन भएकोमा नेपाली कांग्रेस बाराका वरिष्ठ नेता एवम् पूर्वमन्त्री ऋषिकेश गौतमले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

गौतमद्वारा मंगलबार प्रकाशित विज्ञप्तिमा उहाँले कोइरालाले लामो समयदेखि नेपाली कांग्रेसमा योगदान गर्दै आउनुभएकोले नेपाली कांग्रेसले उहाँलाई कहिल्यै बिर्सने छैन, उहाँको निधनले नेपाली कांग्रेसलाई ठूलो क्षति पु¥याएको छ भन्नुहुँदै मृतआत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

यसैबीच, नेपाली कांग्रेसका केन्द्रीय सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधन भएको खबरले ग्यास बिक्रेता महासङ्घ नेपाल परिवारले गहिरो दुःख व्यक्त गरेको छ ।

नेपालको राजनीतिक इतिहास र लोकतान्त्रिक आन्दोलनका नेतृत्वदायी भूमिकामा रहेर योगदान पु¥याउनुभएका कोइरालाको निधनबाट मुलुकलाई अपूरणीय क्षति पुग्न गएको महासङ्घका महासचिव चन्द्र थापाले मङ्गलबार जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts