Wednesday, February 24, 2016

अपडेटः हराइरहेको विमान दुर्घटनाग्रस्त भेटियो

म्याग्दी, १२ फागुन । आज बिहान पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कबिहीन भएको जहाज म्याग्दीको दाना गाविस–२ सोलेघोप्टे भीर नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

आज बिहान ७ः५० बजे पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कबिहीन भएको तारा एयरको जहाज दानाको सोले घोप्टेको केगरबुटा भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । विमानमा चालकदलका तीन सदस्यसहित २३ जना यात्रु थिए ।

दाना प्रहरी चौकीका प्रहरी जवान फुलकुमार थापा र स्थानीय युवा नवीन खड्काको नेतृत्वमा खोजीको लागि गएको टोलीले उक्त विमानलाई सम्पर्कबिहीन भएको झण्डै पाँच घण्टापछि दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।

दुर्घटनाग्रस्त क्षेत्रमा अहिले म्याग्दीका प्रहरी प्रमुख खड्का, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलगायतको टोली त्यसतर्फ उद्धारको लागि प्रस्थान गरेको छ । म्याग्दीको दानाबाट दुर्घटनाग्रस्त क्षेत्रमा पुग्न पैदल झण्डै चार घण्टा लाग्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts