गुलरिया (बर्दिया), २६ माघ । बर्दियामा पुनःस्थापना गर्न बाँकी रहेका मुक्तकमैयालाई तत्काल जग्गा खरिद गरी पुनःस्थापना गर्न माग गर्दै कमासु दिगो विकास समाजले जिल्ला प्रशासन कार्यालय बर्दियामार्फत प्रधानमन्त्रीको कार्यालयलगायत विभिन्न मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ ।
समाजले प्रधानमन्त्रीको कार्यालय, भूमिसुधार तथा व्यवस्था, वन, अर्थ, स्थानीय विकास मन्त्रालयमा पठाएको ज्ञापनपत्रमा बाँकी रहेका मुक्तकमैयालाई सरकारबाट प्रदान गरिने रु ५५ हजार अनुदान रकम र ७५ क्यूफिट काठ यथाशीघ्र उपलब्ध गराउन माग गरिएको छ । फोटो टाँस भएका ६४१ मुक्तकमैयालाई पनि परिचयपत्र उपलब्ध गराउन माग गरिएको छ ।
जनता आवास कार्यक्रम मुक्तकमैया र सुकुम्बासी बस्तीमा पनि लागू गरिनुपर्ने, बस्तीमा बसिरहेका र सट्टा भर्ना गर्नुपर्ने मुक्तकमैयालाई बसेकै स्थानमा पुनःस्थापना गरिनुपर्ने माग पनि समाजका अध्यक्ष विनतीराम चौधरीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख गरिएको छ । रासस
No comments:
Post a Comment