Sunday, February 14, 2016

साधन स्रोत, भारतीय बजार, चीनको पुँजी र प्रविधिको संयोजनमा ध्यान पु-याउन आग्रह

काठमाडौँ, २ फागुन । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका अवसरमा दुई देशबीचको सम्बन्धका लागि मात्र होइन, दक्षिण एशियाको स्थायित्व र शान्तिका लागि पनि समृद्ध नेपाल आवश्यक छ भन्ने सन्देश पु¥याउन र महसुस गराउन सकिएमा ठूलो उपलब्धि हासिल हुने निष्कर्ष निकालिएको छ ।

रिपोटर्स क्बल नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा सहभागी परराष्ट्र मामिलाका जानकारले त्यसका लागि भारतीय पक्षबाट नेपालको स्वतन्त्रता, अखण्डता र सार्वभौमसत्ताको सधैँभरि सम्मान हुने र सम्बन्धलाई सुदृढ तुल्याउने व्यवहार हुन आवश्यक छ भन्नुभयो ।

नाकाबन्दीले पारेको घाउलाई पुर्ने र सम्बन्धलाई सामान्यीकरण गर्ने प्रधानमन्त्रीको यसपटकको भारत भ्रमणको मुख्य उद्देश्य रहेको बताउँदै परराष्ट्र मामिलाका जानकारले नेपालको साधन स्रोत, भारतीय बजार, चीनको पुँजी र प्रविधिको संयोजन गर्न सकिएमा तीनवटै मुलुकको हित हुन्छ भन्ने पक्षबाट भ्रमणका अवसरमा कुराकानी हुन आवश्यक छ भन्नुभयो ।

नेपाली काँग्रेसका सभापति स्व सुशील कोइरालको अन्त्यष्टिमा भारतीय सबै राजनीतिक दलको प्रतिनिधित्व समावेश भएर आउनु भनेको क्षति न्यूनीकरण कूटनीतिक हो भन्दै उहाँहरुले जनस्तरसमेतमा सम्बन्ध रहेको हुँदा कूटनीतिकका विभिन्न तहको वार्तालाई निरन्तरता दिँदै केही व्यक्ति विशेषले मात्र हो, समग्र भारतका कारण नेपालले असहज अवस्था झेल्नुपरेको होइन भन्ने भनाइ आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

खुल्ला सीमाना, समानखाले भाषा, संस्कृति र भूगोलले निकट तुल्याएको दुई देशबीचको रोटी र बेटीको सम्बन्धलाई दीर्घकालीन सोचका आधारमा सम्बन्धलाई सुमधुर बनाउन आवश्यक रहेको बताउँदै वक्ताहरुले दुवै पक्षले एकअर्काको चासो, स्वतन्त्रता र अन्तरनिर्भरतालाई बुझ्न जरुरी रहेको विचार प्रकट गर्नुभयो ।

नेपालका लागि पूर्वभारतीय राजदूत डा दुर्गेशमान सिंह, पूर्व राजदूतत्रय हिरण्यलाल श्रेष्ठ, टङ्क कार्की र डा शम्भुराम सिम्खडाले गैरकूटनीतिक हिसाबले अघि बढ्न खोज्ने प्रयासले दुवै देशलाई नमिठो पाठ सिकाएकाले त्यसलाई सुधारेर अघि बढ्न आवश्यक छ भन्नुभयो ।

स्वयम् भारतीय नेताबाटै बुझाइको कमजोरी भयो भन्ने प्रतिक्रिया आएको प्रशङ्ग उल्लेख गर्दै दुई देशबीचको सम्बन्धलाई सस्तो राजनीतिक लाभका लागि व्याख्या गरिन नहुने तर्क गर्नुभयो ।

उहाँहरुले भन्नुभयो– “परराष्ट्र नीति सञ्चालनमा एकीकृत दृष्टिकोण आवश्यक छ भन्ने कुरा पछिल्लोपटक नेपाल–भारतबीच देखिएको असहज परिस्थितिले पुष्टि गरेको छ, दुवै देशले यो पाटोलाई बुझन आवश्यक छ, विशिष्ट परिस्थितिमा हुन लागेको प्रमको भ्रमणका अवसरमा दुवै देशका चासोलाई सम्बोधन गर्न प्रयास गर्नुपर्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts