Monday, February 8, 2016

कांग्रेसका निर्वाचनसम्बन्धि सबै कार्यक्रम स्थगित

माघ २६, २०७२- काठमाडौं- नेपाली कांग्रेसले १३ औं महाधिवेशनको सम्पूर्ण निर्वाचन सम्बन्धी कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको मंगलबार बिहान १२:५० बजे निधन भएपछि कांग्रेसका निर्वाचनसम्बन्धि सबै कार्यक्रम स्थगित गरिएको कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीद्वारा जारी विज्ञप्तीमा लेखिएको छ ।

यसैबीच कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक मंगलबारका बिहान ११:०० बजे पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बोलाइएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts