गौशाला, २५ माघ । प्रहरीले जिल्लाको बसबिट्टी गाविस–७ स्थित जङ्घा नदीको पुलबाट आज दिउँसो दुई मोटरसाइकल र रु दुई लाख मूल्य बराबरको कपडा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट प्रनानि गोपाल यादवको नेतृत्वमा खटी गएको गस्ती टोलीले सो पुलबाट भारततर्फबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका बीआर३०आर८६७३ नंको मोटरसाइकल र ज७प ३६८५ न को मोटरसाइकलमा लोड गरिएको अवस्थामा करिब रु दुई लाख बराबरको कपडा बरामद गरेको प्रहरी निरीक्षक नरेश महतोले बताउनुभयो ।
बरामद गरिएका दुवै मोटरसाइकल र कपडा आवश्यक कारबाहीका लागि जलेश्वर भन्सार कार्यालय भिट्ठामोडमा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस
No comments:
Post a Comment