Tuesday, February 9, 2016

नेता कोइरालाको निधनको खबरले चीन स्तब्ध

काठमाडौँ, २६ माघ । चीनले नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधनको खबरले आफू स्तब्ध भएको बताएको छ ।

नेता कोइरालाको निधनमा गहिरो दुःख व्यक्त गर्दै चीन सरकारले आज उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापालाई शोक सन्देश पठाउँदै नेता कोइरालाका शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ् यीले परराष्ट्रमन्त्री थापालाई पठाउनुभएको सन्देशमा श्री कोइरालाले पार्टी सभापति एवम् प्रधानमन्त्रीका रुपमा नेपाल–चीन सम्बन्ध सुदृढीकरणमा निर्वाह गर्नुभएको अतुलनीय योगदानको स्मरण गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts