Tuesday, February 9, 2016

राष्ट्रपति भण्डारी र विदेशमन्त्री स्वराजबीच भेटवार्ता

काठमाडौँ, २६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनु भएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज साँझ शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा असल छिमेकीको नाताले पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्न आउनु भएकामा प्रसन्नता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले नेपाल भारतबीचको सम्बन्ध मैत्रीपूर्ण र स्पष्ट छ भन्ने देखिएको बताउनुभएको थियो ।

भारतीय विदेशमन्त्री स्वराजले आफू यसपटक पूर्वप्रम कोइरालाको निधनमा श्रद्धाञ्जलि व्यक्त गर्न आएको बताउनुभएको थियो ।

‘‘शिष्टाचार भेटवार्ता भएकाले अरु विषयमा छलफल भएन”–राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भन्नुभयो । भेटवार्तामा भारतीय प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts