काठमाडौँ, १२ फागुन । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपाल टेलिकमको मोबाइल सेवामा एक साताभित्रै सुधारको अनुभूति हुने गरी प्रविधि परिचालन गर्न टेलिकमलाई निर्देशन दिनुभएको छ ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धि आचार्यसहित उच्च अधिकारीलाई आज मन्त्रालयमा उपस्थित गराएर मन्त्री राईले टेलिकमको मोबाइल सेबाप्रति जनताको गुनासो बढेकाले छिटो सेवा सुधार गर्न निर्देशन दिनुभएको हो ।
मन्त्री राईले टेलिकम पदाधिकारीसँग सेवा सुधारका लागि भएका विभिन्न प्रयासका बारे जानकारी पनि लिनुभएको थियो ।
मन्त्रालयका निमित्त सचिव एकनारायण अर्यालसहितको छलफलमा मन्त्री राईले तत्काललाई काठमाडाँैं उपत्यकालाई विशेष प्राथमिकतामा राखेर एक महिनाभित्र पूर्णरुपमा गुणस्तरीय सेवा उपलब्ध गराउन निर्देशन दिँदै देशका सबै भू–भागमा थ्रीजी सेवा विस्तार गर्ने र टुजी विस्थापित गरी फोरजिमा जाने कार्यक्रम समेत टेलिकमसँग माग्नुभएको सञ्चार मन्त्रालयका प्रेस सल्लाहकार मातृका पौडेलले जानकारी दिनुभयो ।
सो अबसरमा टेलिकमका प्रबन्ध निर्देशक आचार्यले लोडसेडिङका कारण टेलिकमका बिटिएस टावर डाउन हुने हुँदा नेटवर्कमा समस्या आउने गरेको भन्दै पर्याप्त ब्याकअपको काम भइरहेको जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment