Thursday, February 4, 2016

उद्योगपति चौधरीको निधन

काठमाडाँै, २१ माघ । मुलुकका प्रतिष्ठित उद्योगपति लुनकरणदास चौधरीको ९४ वर्षको उमेरमा आज अपराह्न निधन भयो ।

लामो समयदेखि फोक्सो, पेटलगायत रोगबाट पीडित चौधरीको नर्भिक अस्पतालमा निधन भएको हो ।

नेपालको औद्योगिक विकासमा योगदान गर्नुभएका चौधरीको पूर्वाञ्चलको पहिलो उद्योग पशुपति बिस्कुट इन्डस्ट्रिज स्थापना गर्नुभएको थियो । उहाँ चौधरी ग्रुपका संरक्षक हुनुहुन्थ्यो ।

स्वर्गीय चौधरीका तीन छोरा र एक छोरी हुनुहुन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts