इलाम, २१ माघ । लोपोन्मुख सूचीमा रहेको सालकको खपटा अवैध रूपमा खरिद बिक्री तथा ओसारपसारमा संलग्न दुई जनालाई आज जिल्ला अदालतले जनही रु एक लाख जरिवानाको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले इलाम नगरपालिका–३ का एकराज राई र पुवामझुवा–२ का सन्तोष राईलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम सो फैसला सुनाएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो ।
पाँच किलो सालकको खपटा सहित गत मङ्सिर १७ गते प्रहरीले उनीहरूलाई इलाम नगरपालिकाबाट पक्राउ गरिएको थियो । रासस
No comments:
Post a Comment