Thursday, February 4, 2016

मधेसमा समस्या तत्काल हल हुन्छ– उपप्रम मैनाली

सुरुङ्गा (झापा), २१ माघ । उपप्रधानमन्त्री सिपी मैनालीले मधेसमा देखिएको समस्या तत्काल हल हुने बताउनुभएको छ ।

नेकपा (माले) झापाले आज आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै पार्टीका महासचिव मैनालीले मधेसका धेरै माग पूरा भएका छन् अब छिट्टै यो समस्या हल हुन्छ भन्नुभयो ।

तराईकेन्द्रित केही दलका नेताले तराईलाई छुट्टै प्रदेश बनाइनुपर्ने माग उठाउँदै आए पनि उनीहरुले उठाएका मुख्यमुख्य बुँदामा सहमति जुटिसकेकाले मधेसमा देखिएको समस्या केही दिनमा नै हल हुने महिला, बालबालिका तथा समाजकल्याणमन्त्रीको भनाइ थियो । रासस
–––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts