Sunday, February 14, 2016

काँग्रेस हुम्लामा रोकाय

हुम्ला, २ फागुन । नेपाली काँग्रेस हुम्ला जिल्ला अधिवेशनबाट सभापतिमा दयपति रोकाय निर्वाचित हुनुभएको छ ।

त्यस्तै सचिवमा मोहनविक्रम सिंह, कोषाध्यक्षमा दीपकबहादुर सिंह, महिला सदस्यतर्फ रीता भण्डारी, जनजातितर्फ ताराबहादुर लामा, दलिततर्फ हृदय सुनार, अपाङ्गता भएकातर्फ मदन रोकाय, खुलाबाट कैलाश भण्डारी, बलबहादुर खत्री, मानवीर शाही र सुत रावल निर्वाचित हुनुभएको छ ।

त्यस्तै महाधिवशेन प्रतिनिधिमा महिलातर्फ सुशीला रोकाय र रङ्गमति शाही, जनजातितर्फ टसी लामा र तेञ्जेन लामा, दलिततर्फ रामबहादुर टमाटा, अपाङ्गता भएकामा जनकबहादुर शाही, खुलातर्फ धनलाल रोकाया, पदमबहादुर लामा, मोहनविक्रम सिंह, अर्जुना महतरा र कर्णबहादुर रावल निर्वाचित भएको निर्वाचन अधिकृत तिलकबहादुर महतले जानकारी गराउनुभयो ।

गत माघ २६ गते जिल्ला कार्यसमितिका लागि निर्वाचन भए पनि सभापति सुशील कोइरालाको निधन भएकाले निर्वाचन परिणाम शनिबार मात्र सार्वजनिक गरिएको हो । रासस
–––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts