रौतहट, २ फागुन । नेकपा(एमाले)का नेता माधवकुमार नेपालले शिक्षाको माध्यमबाट समाजमा परिवर्तन ल्याउन लागि सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
चन्द्रपुर नगरपालिकास्थित बालनिकेतन आवासीय उमाविको २७औँ अभिभावक दिवस तथा भवन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले विद्यालयमा छात्रछात्रालाई ‘नेपाली हुँ’ भन्ने भावनाको विकास गराउने खालका शिक्षा दिनु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा जातजातिको नाममा तँछाडमछाड भइरहेको छ, त्यसो हुनु गलत हो, हामी जे जस्तो भए पनि नेपाली हौँ, यसैमा सबैले गर्व गर्नुपर्छ ।”
नेता नेपालले नेपालका प्रधानमन्त्रीको आसन्न भारत भ्रमणले नेपाल र भारतबीच चिसिएको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । रासस
No comments:
Post a Comment