Wednesday, February 3, 2016

आन्दोलनले अतिवादीलाई फाइदा पुग्ने– उपप्रधानमन्त्री थापा

नेपालगन्ज, २० माघ । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापालले मधेश केन्द्रित राजनीतिक दलको आन्दोलनले जनतालाई नभै अतिवादी शक्तिलाई फाइदा पुग्ने बताउनुभएको छ ।

मध्पश्चिमाञ्चल क्षेत्रअन्तर्गतका १५ जिल्लाका जिल्ला विकास समिति र नगरपालिकाको आर्थिक वर्ष २०७२÷७३ को अर्धवार्षिक समीक्षा गोष्ठीको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो – “संविधान जारी भएपछि मुलुक नयाँ युगमा प्रवेश गरेको छ । त्यो युग भनेको आर्थिक समृद्धिको युग हो, विकासको युग हो ।”

संविधान संशोधन गरेर माग सम्बोधन गरिसक्दा पनि आन्दोलनका नाममा अराजकता मच्चाउने कार्य राजनीति हुनै नसक्ने भन्दै उपप्रधानमन्त्री थापाले चित्त नबुझेको विषयमा शान्तिपूर्ण आन्दोलन गर्ने छुट संविधानले नै दिएको स्पष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो – “लामो समयको मधेस आन्दोलनले त्यहाँ विकास निर्माणका काम ठप्प भएका छन् । यसले जनताको आर्थिक विकास गर्दैन । जनताको अधिकारको रक्षा गर्दैन । यो कुरा आन्दोलन गर्ने दलले बुभ्mनुपर्छ ।”

त्यस अवसरमा मन्त्रालयका सहसचिव हरि पौडेल र राष्ट्रिय योजना आयोगका सदस्य सुमित्रा अमात्यले स्थानीय निकायलाई अब नयाँ ढाँचामा लानुपर्ने आवश्यकता औँल्याउनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts