Wednesday, February 3, 2016

मोर्चाको आन्दोलन अराजक– नेता निधि

जनकपुरधाम, २० माघ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले मधेसी मोर्चाको आन्दोलन अराजक भएको आरोप लगाउनुभएको छ ।

जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग आज कुराकानी गर्दै नेता निधिले मधेसी मोर्चाले तोडफोडको राजनीति त्यागेर राजनीतिक रुपमा समस्याको समाधान खोज्नुपर्ने धारणा राख्नु भयो । मधेसी मोर्चाका लागि नेपाली काँग्रेस मित्र शक्ति भएकाले नेपाली काँग्रेसबिना कुनै पनि आन्दोलन सफल नहुने विश्वास व्यक्त गर्दै नेता निधिले मोर्चाले तोडफोड र निषेधको राजनीतिक त्याग्नुपर्ने बताउनुभयो ।

जनकपुरको मिल्स एरियास्थित आफ्नो घरमा मोर्चाका कार्यकर्ताले आगो लगाएकाबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता निधिले तोडफोड र आगजनी गर्ने मोर्चाको क्रियाकलाप निन्दनीय छ भन्नु भयो ।

उहाँले संविधान संशोधन भएपछि आन्दोलनरत मोर्चाको सबै माग पूरा भएकाले अब किन आन्दोलन भइरहेको छ आफूले बुझ्न नसकेको उल्लेख गर्नु भयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts