Tuesday, February 23, 2016

लागुऔषध र चरेससहित छ पक्राउ

काठमाडौँ, ११ फागुन । महानगरीय प्रहरी अपराध महाशाखाले लागुऔषध र चरेससहित छजनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले आज काठमाडौँ उपत्यकाका विभिन्न शङ्कास्पद स्थानमा आकस्मिक जाँच गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँ कालिमाटीका दिनेश शाह, टेकुका दिलकृष्ण खड्गी, त्रिपुरेश्वरका रियान भन्ने क्षितिज महर्जन, काभ्रेपलाञ्चोक घर भई कलङ्की बस्ने साङ्गे भन्ने आले लामा, नुवाकोट घर भई त्रिपुरेश्वर बस्ने शर्मिला तामाङ र दक्षिणकाली घर भई त्रिपुरेश्वर बस्ने रोशी श्रेष्ठ रहेका छन् ।

उनीहरुबाट आठ ग्राम चरेस, एम्पुल, नुर्फिन, डाइजापाम, फिनारोगन–९ थान पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको थप अनुसन्धान भइरहेको महाशाखाले बताएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts