काठमाडौँ, ११ फागुन । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि बृहत लोकतान्त्रिक, पेसागत तथा समावेशी कानुन व्यवसायी समूहका तर्फबाट नेतृत्वका लागि उम्मेदवारको सार्वजानिक गरिएको छ
आज यहाँ पत्रकार सम्मेलन गरी आगामी चैत २० गतेदेखि सुरु हुने सो महाधिवेशनका लागि बरिष्ठ अधिवक्ता शेरबहादुर केसीको अध्यक्षतामा २५ सदस्यीय उम्मेदवारको समूह घोषणा गरेको हो । पूर्वाञ्चल उपाध्यक्षमा मदनकुमार खड्का, मध्यमाञ्चल उपाध्यक्षमा विनय सिंह, काठमाडौँ उपत्यकाबाट उपाध्यक्षमा मोतिराज गौतम, पश्चिमाञ्चल उपाध्यक्षमा घनश्याम पन्त, मध्यपश्चिमाञ्चल रेवतीरमण भट्टराई, सुदूरपश्चिमाञ्चल उपाध्यक्षमा गङ्गाराम पाध्य र महिला उपाध्यक्षमा शान्ता सेढाइ सापकोटाले उम्मेदवारी दिनुहुने भएको छ ।
यसैगरी महासचिवमा खम्मबहादुर खाती र कोषाध्यक्ष पदका लागि ज्ञानरत्न शाक्यको उम्मेदवारी रहेको छ ।
यस्तै सदस्य पदका लागि दलितबाट श्यामकुमार विश्वकर्मा, मधेसी÷मुस्लिम खुल्लाबाट रमणकुमार कर्ण, मधेसी÷मुस्लिम काठमाडौँ उपत्यका बाहिरबाट अनिल साह, आदिवासी जनजाति खुल्लाबाट अस्मीनकुमार राई, आदिवासी जनजाति काठमाडौँ उपत्यका बाहिरबाट हरिनारायण चौधरी, महिला खुल्लाबाट सानुमैँया महर्जन, महिला काठमाडौँ उपत्यका बाहिरबाट इन्दु कोइराला, उपत्यका बाहिर खुल्लाबाट पदमकुमार शाहीले उम्मेदवारी घोषणा गर्नुभएको हो ।
खुल्लाबाट सदस्य पदका लागि ज्ञानेन्द्र अधिकार, अरुण पौड्याल, लक्ष्मण आचार्य, कृष्णप्रसाद पनेरु, शुकदेव काफ्ले, इन्द्रबहादुर अधिकारी र खड्गबहादुर बुढाथोकी (सुवास) ले उम्मेदवारी दिनुभयो । अध्यक्ष पदका प्रत्याशी केसीले सर्वोच्च र पुनरावलोकन अदालतमा पाँच जना न्यायधीश नियुक्ति नहुँदा न्याय प्रणालीअवरुद्ध भइरहेको बताउँदै पाँच न्यायधीशको पुनर्वहाली आफूहरुको पहिलो कार्यसूची हुने बताउनुभयो । रासस
No comments:
Post a Comment