कञ्चनपुर, २० माघ । कञ्चनपुरमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनमा परी गएराति दुईको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्र्तगत पर्ने कञ्चनपुरको कृष्णपुर नगरपालिकामा महेन्द्रनगरबाट अत्तरियातर्फ जाँदै गरेकोे से २ प ६८४३ नम्बरको रोकिराखेको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको म २ प १३११ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
रोकिराखेको मोटरसाइकलमा सवार कैलालीको अत्तरिया नगरपालिका–१३ का १९ वर्षीय रोशन कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक केदार खनालले बताउनुभयो । कँडेलको उपचारका लागि भारततर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको उहाँले बताउनुभयो ।
यसैगरी, कञ्चनपुरको बेलडाँडी नगरपालिका–५ ढकनीका ७५ वर्षीय लबरा डगौराको नम्बर अङ्कित नगरिएको एक मोटरसाइकलको ठक्करले गएराती नै मृत्यु भएको छ । सोही ठाउँका २३ वर्षीय हर्क रानाले चलाएको मोटरसाइकलको ठक्करले डगौराको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालक जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा रहेका छन् । रासस
No comments:
Post a Comment