Wednesday, February 3, 2016

माथिल्लो तामाकोसीको काम सुस्तगतिमा

tamakoshiदोलखा, २० माघ । भूकम्पका कारण थलिएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम सुस्तगतीमा अगाडि बढिरहेको छ ।

विद्युत् र पहुँचमार्ग मर्मत समस्याका कारण काम केही समयअघिदेखि सुस्तगतिमा अघि बढेको हो । सडक मर्मत पूरा भइनसकेको र पोल ढलेका कारण केन्द्रीय प्रसारण लाइनको बिजुली अवरुद्ध भएको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ र विद्युत् गृहको काम त्यसबाट प्रभावित बनेको छ ।

तामाकोसी आयोजनाका प्रवत्ता डा गणेश न्यौपानेका अनुसार सिँगटी– लामाबगर सडकको गोगर लामाबगर सडकखण्ड पूर्णरुपमा क्षति भएपछि आयोजनाको सामान ढुवानी गर्न र मानिस आवतजावत गर्न समेत समस्या भएको छ । सदरमुकाम चरिकोटमा रासससित कुरा गर्दै प्रवत्ता न्यौपानेले सडक अवरुद्ध हँुदा आवश्यक सामग्री ढुवानी गर्न समस्या भएको र सुरुङमा जम्मा भएको पानी फाल्ने काम समेत प्रभावित बनेको बताउनुभयो ।

आयोजनास्थल पुग्ने सडकको काभ्रे– भीरखण्डमा अत्यन्त जोखिम रहेको र मर्मतमा समेत समस्या भएकाले ढिलाइ भइरहेको न्यौपानेको भनाइ छ । उक्त खण्डको करिब २०० मिटर सडकलाई पुरानै ठाउँमा मर्मत गरेर वा सुरुङ मार्ग बनाएर लैजाने भन्ने विषयमा अध्ययन भइरहेको छ ।

यस्तै सिँगटीबाट आयोजनाको विद्युत् गृह रहेको गोङ्गरसम्मको ३३ केभी प्रशारण लाइनको करिब ४० वटा पोल भूकम्पबाट क्षति भएपछि आयोजना स्थलसम्म केन्द्रीय प्रशारण लाइनको बिजुली पुग्न समस्या भएको छ । “पेट्रोलियम पदार्थको अभाव हुँदा जेनेरेटरको सहयोगमा मात्र काम गर्न कठिन भएको छ” न्यौपानेले भन्नुभयो । यसले आर्थिक भार समेत बढ्ने देखिन्छ ।

भूकम्पले क्षति पु¥याएको ३३ केभी प्रशारण लाइनको पोल मर्मत कार्य दुई हप्ताभित्र सकिने प्रवक्ता न्यौपानेले बताउनुभयो । केन्द्रीय प्रशारण लाइनको बिजुली पुगेपछि मात्र काममा केही सहजता हुने छ । विसं २०७३ सालभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको ४५६ मेगावाट क्षमताको तामाकोसी आयोजना भूकम्पको कारण एकवर्ष ढिला हुने र उक्त काम २०७४ को अन्त्यतिर सम्पन्न हुने न्यौपानेको भनाइ छ ।

केन्द्रीय प्रशारण लाइनको बिजुली पुग्न नसकेको कारण अहिले दैनिक करिब ६ घण्टा जेनेरेटरको भरमा काम भइरहेको छ । भूकम्पले क्षति पुगेको पोल धमाधम मर्मतको काम भइरहेको र करिब १९ वटा पोल मर्मतको काम बाँकी रहेको आयोजनाले जनाएको छ । गोकर्णप्रसाद भण्डारी/रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts